६ जेष्ठ २०८१, आईतवार
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माबीच प्रतिस्पर्धा हुने

  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०८०, सोमबार ०८:०२

कठमाण्डौ :  राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै दलले आआफ्ना उम्मेद्वार उठाउने निर्णय गरेका छन् । भोलि हुन लागेको चुनावमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

हिजो बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका धेरैजसो नेताहरुले ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

Nabintech