२१ बैशाख २०८१, शुक्रबार
स्रोत नखुलेको साढे ११ लाख रुपैयाँसहित ४ जना पक्राउ

  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०८०, सोमबार ०८:०९

मकवानपुर  :  मकवानपुरमा स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना सुनसरीको कोशी गाउँपालिका–४ बस्ने वर्ष ३२ का निजाम मियाँ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

वीरगञ्जबाट नारायणघाटतर्फ गुडिरहेको भारतीय नम्बर प्लेटको कारको सिटमुनि लुकाइछिपाइ ल्याएको रकमसहित आज चार जनालाई पक्राउ गरेको बाइएको छ ।

Nabintech