२५ बैशाख २०८१, मंगलवार
देशभर १९ घाइते बाघ खोरमा

  • टाइम्स संवाददाता

  • २९ फाल्गुन २०८०, मंगलवार १६:१२

कोहलपुर  : नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको सङ्ख्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

                                 फाइल फाेटाे

अहिले यस्ता घाइते   बाघको सङ्ख्या १९ वटा रहेको छ । तीमध्ये ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना तथा चितवन राष्ट्रिय निकुञ्जमा छ/छ, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक/एक बाघ खोरमा राखिएका छन् । बर्दिया र पर्सामा यस्ता दुई बाघ केही समयअघि मात्रै खोरमै मरेका थिए ।

Nabintech