६ जेष्ठ २०८१, आईतवार
केही समय कर्णालीपुलबाट आवत जावत बन्द, बैकल्पिक मार्गको प्रयोग

  • टाइम्स संवाददाता

  • २९ फाल्गुन २०८०, मंगलवार १६:१७

कैलाली : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकाले वैकल्पिक बाटो अपनाउन आग्रह गरेका छन्।

क्त पुलमा सोमबार साँझ भएको आगलागीबाट आंशिक रूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उनले पुलबाट तत्काल सवारीसाधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन्।

उनले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गरेका छन्। पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौँ र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताएका छन्।

पुलको मर्मतसम्भारपछि त्यहाँबाट सवारीसाधन सञ्चालन गर्ने/नगर्ने बारेमा बताउन सकिने मुख्यमन्त्री शाहीले बताए। पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन्।

Nabintech