६ जेष्ठ २०८१, आईतवार
सहायक वन अधिकृत विरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

  • टाइम्स संवाददाता

  • २९ फाल्गुन २०८०, मंगलवार १६:२०

बाँके : बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर भएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा सहायक वन अधिकृत नारायण पार्धेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो ।

सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा घ को उपदाफ (१) बमोजिम कसुरमा सात हजार रुपैयाँ बिगाे कायम गरी आज विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।

Nabintech