६ जेष्ठ २०८१, आईतवार
प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०८०, बुधबार १६:२६

काठमाण्डाै : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस गर्नुभएको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।

Nabintech