६ जेष्ठ २०८१, आईतवार
भेरी करिडोर अस्तव्यस्त

  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०८०, बुधबार १६:२९

जाजरकोट :  भेरी करिडोरको एक सय १८ किलोमिटर खण्डमा निर्माण हुने पुल र सडक अस्तव्यस्त भएका छन् । झण्डै ५६ किलोमिटर खण्डमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ६२ किलोमिटरको अहिलेसम्म बोलपत्र आह्वान नै भएको छैन ।

नेपाली सेनाले अस्थायी ट्रयाक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको सडकको स्तरोन्नति नहुँदा यात्रा कष्टकर बन्ने गरेको छ । जाजरकोटको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्मको सडकमा पाँच वटा पुल निर्माण गर्नुपर्ने भए पनि काम नगरी अलपत्र परेका छन् । बाँकी ६२ किलोमिटर अर्थात् तल्लुबाट डोल्पाको दुनैसम्मका लागि बोलपत्र आह्वान नभएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।

Nabintech