६ जेष्ठ २०८१, आईतवार
उपभोग्ता हित सरक्षण मन्चले बृहत अन्र्तक्रिया कार्यक्रम गर्ने

  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०८०, बुधबार १७:३७

कोहलपुर : उपभोग्ता हित संरक्षण मन्च कोहलपुरले चैत्र २ गते बिश्व उपभोग्ता अधिकार दिवस २०८०को अबसरमा “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोग्ताको सार्वभौम अधिकार” भन्ने मुल नाराका साथ बृहत अन्र्तक्रिया कार्यक्रम गर्ने उपभोग्ता हित संरक्षण मन्च कोहलपुरका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताएका छन ।

 


मञ्चको उपभोक्ता जागरण कार्यक्रम सञ्चालनबाट उपभोक्ता सचेतनामा अभिवृद्धि हुँदै आएकोछ । उपभोक्ता अधिकारको संरक्षण र प्रवद्र्धन सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूद्वारा मञ्चको तर्फबाट निरन्तर विचारहरू प्रवाह भई उपभोक्ता सचेतनामा अभिवृद्धि हुँदै आएकोछ । उपभोक्तालाई पर्ने मर्काका विरुद्ध उपभोक्ताका तर्फबाट सम्बन्धित निकायमा मञ्च आफैंले उजुरी गर्ने, सरकारवादी भएर चल्ने मुद्दामा वा उपभोक्ता आफंै वादी भएर चल्ने मुद्दाहरूमा पीडितको पक्षमा कानुनी सहायता प्रदान गर्नुका साथै उपभोक्ताका सार्वजनिक सरोकारका विषयहरूमा समेत मञ्च आफैंले उजुर गरी उपभोक्ताका हितमा न्यायिक उपचार प्राप्त हुँदै आएको छ ।
बाँकेको कोहलपुरमा कोहलपुर नगरपालिकाको सहयोगमा बिश्व उपभोग्ता हित दिवसको अबसरमा अन्र्तक्रिया कार्यक्रमको तयारी तिब्रताका साथ भइरहेको उपभोग्ता हित संरक्षण मन्च कोहलपुरका उपाध्यक्ष बैकुन्ठ प्रसाद अधिकारीले बताए ।
कोहलपुर नगरपालिकाको समन्वयमा उपभोग्ता हित संरक्षण मन्च कोहलपुरले कोहलपुरमा बजार अनुगमन र नागरिकहरुसग सरोकार राख्ने बिषयमा पैरवी गदै आएको मन्चको सचिब हुमहरी भटटराईले जानकारी दिएका छन ।

 

Nabintech