५ जेष्ठ २०८१, शनिबार
कर्णाली पुलको मर्मत सम्भारको लागि जनशक्ति अभाव

  • टाइम्स संवाददाता

  • १ चैत्र २०८०, बिहीबार १४:२०

कोहलपुर:  पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्णाली चिसापानी पुलको अध्ययन र मर्मत सम्भारको लागि नेपालमा जनशक्तिको अभाव रहेको छ । पुल जापान सरकारले बनाइदिएको र अमेरिकाको इञ्जिनियरिङ प्रयोग भएकाले नेपालमा यसको अध्ययन र मर्मत सम्भारका लागि विज्ञ र कामदारको समेत अभाव रहेको सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखाका प्रमुख ललिजन खनालले उज्यालोलाई जानकारी दिनुभयो । २०५० सालमा पुल निर्माण गर्दा प्राविधिक जनशक्ति र मर्मत सम्भारकोबारेमा जापानसँग कुनै सम्झौता नभएकाले अहिले समस्या भएको बताइएको छयसैबीच, सडक विभागको प्राविधिक टोलीले आगलागीबाट क्षति भएको कर्णाली चिसापानी पुलको स्थलगत अवलोकन र अध्ययन सकेको छ

Nabintech