५ जेष्ठ २०८१, शनिबार
५८ लाख को औषधीसहित ट्रक नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • १ चैत्र २०८०, बिहीबार १४:२४

पर्सा :  सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिबाट ५८ लाख ५७ हजार रुपियाँ बराबरको औषधीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले वीरगन्ज महानगर –१७ स्थित आईसिपीको चेकप्वाईन्टबाट फागुन ३० गते साँझ सशस्त्र प्रहरीले करिब ५८ लाख ५७ हजार रुपियाँ बराबरको औषधीसहित एउटा ट्रक नियन्त्रणमा लिएको जानकारीदिए
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको औषधीको बिलमा उल्लेख भएभन्दा फरक अन्य सामान समेत रहेको भन्ने विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो । औषधी र सामान कहाँका लागि लगिएको भन्ने खुलेको छैन ।

Nabintech