५ जेष्ठ २०८१, शनिबार
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

  • टाइम्स संवाददाता

  • १ चैत्र २०८०, बिहीबार १४:५०

बाजुरा :  जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  आज हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइनुभएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो

Nabintech