२१ बैशाख २०८१, शुक्रबार
उपभोक्ताको अधिकारप्रति गम्भीर रहेको उपप्रमुख सुबेदी

  • टाइम्स संवाददाता

  • २ चैत्र २०८०, शुक्रबार १४:२९

कोहलपुर  : बिश्व उपभोक्ता अधिकार दिवसको अबसरमा बाँकेको कोहलपुरमा अन्र्तक्रिया कार्यक्रम गरेर मनाइएको छ । सन १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइने गरिन्छ । चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो ।

यही आधारमा हरेक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन ।
कार्यक्रमको प्रमुख अथिती कोहलपुर नगर उपप्रमुख संगिता सुबेदीले कोहलपुर क्षेत्रका नागरिकहरुको स्वास्थ्य प्रतिआफु संबेदशनशील रहेको बताउदै नागरीकहरुको दैनिक जीवन सग जोडिएका बस्तुहरु गुणस्तरीय र स्वच्छकर हुनु आबश्यक रहेको र त्यसको लागी बजार अनुगमनलाई तिब्रता दिइएको बताइन । बस्तु उत्पादन गर्ने उत्पादकले अनिबार्यरुपमा उत्पादन मिती , म्याद सकिने मिती स्पस्ट देखिने गरेर लेख्नु पर्ने बताइन । लेबल बिना बजारमा आएका बस्तुहरुलाई उपभोग्ता आफैले त्यस्ता बस्तुहरुलाई खरिद नगर्नको लागी समेत आग्रह गरेकी छिन ।यस वर्ष स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार भन्ने मूल नाराका साथ उपभोक्ता अधिकार दिवस मनाइएको छ ।

कार्यक्रमको आबश्यकता र उपभोग्ता अधिकार दिवसको बारेमा कोहलपुर नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत धोलकराज ढकालले जानकारी दिएका थिए । प्रशासकीय अधिकृत ढकालले उपभोग्ताहरु पछिल्लो समयमा बस्तुहरुमा मिसावट र गुणस्तरमा प्रश्न आइरहेको हुदा हरेक उपभोग्ताहरुले सचेत हुनु पर्ने बताएका थिए ।

 


स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार भन्ने मूल नाराका साथ अन्र्तक्रिया कार्यक्रमा कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले उपभोग्ताको अधिकार , बस्तुको गुणस्तरीयता , कानुनी अधिकार, बजार अनुगमनको अबस्था , कोहलपुरमा मिसावटको अबस्थाका बिषयमा केन्द्रित रहेर कार्य पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपाभोग्ता र उपभोग्तासग सरोकार राख्ने सरकारी तथा गैरसरकारी सघसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । अन्र्तक्रिया कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेका पछिल्लो बजारको उपभोग्य बस्तुको गुणस्तरीताको बिषयमा सरोकारवालले प्रश्न गरेका थिए ।
कार्यक्रमका सभापति उपभोग्ता हित संरक्षण मन्च कोहलपुर अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले खाद्यन्नमा हुने मिसावट ,गुणस्तर हिन बस्तु , मिठाइमा हुने अत्यधिक हनिकारक रङलाई र ,लेवल बिना बजारमा आएका बस्तुहरुलाई कडा निगरानीका साथ अनुगमन गरी कारवाही गर्नको लागी कोहलपुर नगरपालिकालाई आग्रह समेत गरेका थिए ।
नेपालको संविधानमा उपभोक्ताको हकलाई मौलिक हकअन्तर्गत समावेश गरिएको छ । संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।
कार्यक्रमा १४० जनाको सहागीता रहेको थियो । कार्यक्रम कोहलपुर नगरपालिकाको सहयोगमा उपभोग्ता हित संरक्षण मन्च कोहलपुरको ब्यवस्थापनमा सम्पन्न भएको थियो ।

 

Nabintech