२० बैशाख २०८१, बिहीबार
आज देखि प्रदेशस्तरीय होमस्टे सम्मेलन शुरु

  • टाइम्स संवाददाता

  • ३ चैत्र २०८०, शनिबार ०७:४३

दाङ :  लुम्बिनी प्रदेशस्तरीय होमस्टे सम्मेलन देउखुरीको कठबेरुवामा हुने भएको छ। चैत ३, ४ र ५ गते तीन दिन प्रदेशस्तरीय होमस्टे सम्मेलन हुने भएको छ होमस्टे महासंघ लुम्बिनी प्रदेशले सम्मेलनगर्ने भएको छ राजपुर गाउँपालिका वडा नं। १ स्थित कठबेरुवामा प्रदेशका १२ जिल्लाका करिब दुई सय होमस्टे सञ्चालकहरु आज , औपचारिक रुपमा सम्मेलनको उद्घाटन गर्ने र कठबेरुवा घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न गर्ने कार्यक्रम रहेको होमस्टे महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तीलकराज थारुले जानकारी दिए। ७ वटै प्रदेशमा प्रदेश समिति, जिल्ला समन्वय समिति, पालिकास्तरीय समिति गठन गरिएको छ।

नेपालका ७७ जिल्लामा होमस्टे सेवालाई थप प्रभावकारी बनाउन संस्थागत सुदृढीकरण, सामुदायिक तथा निजी होमस्टेहरुको क्षमता विकास, प्रचारप्रसार तथा बजारीकरण, आधारभूत पूर्वाधार विकासका सवालमा सहयोग पुग्ने उद्देश्यका साथ होमस्टे मेला, महोत्सव तथा सम्मेलन गरिँदै आएको होमस्टे महासंघका केन्द्रीय महासचिव कृष्ण थारुले बताए।

Nabintech