५ जेष्ठ २०८१, शनिबार
बन्यजनतुको लागी आहार ब्यबस्थापन तथा सिमसार क्षेत्र निर्माण

भिडियो सहित


  • टाइम्स संवाददाता

  • ३ चैत्र २०८०, शनिबार १५:५६

कोहलपुर  : बाँकेको कोहलपुर नगरपालिका वडा न १२ मा रहेको सृजना सामुदायिक वनले कोहलपुर क्षेत्रमा रहेका सामुदायिक वन भन्दा पृथक कार्य गरेको छ ।बाँके राष्ट्रिय निकुन्जको दक्षिणमा रहेको सृजना सामुदायिक वनले बन्यजनतुको लागी आहार ब्यबस्थापन तथा सिमसार क्षेत्र निर्माण कार्यलाईको कामलाई तिब्रता दिएको छ ।
गर्मी बढेसगै बन्यजन्तुको लागी पानीको सहज ब्यवस्थापन होस भनेर ५कट्ठा क्षेत्रफलमा पोखरी निमार्ण गरिएको सृजना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले बताए ।

 

 


सामुदायिक वन क्षेत्रमा रहेको पानीलाई यस पोखरीमा बाह्रै महिना रहने गरि कार्य अगाडी बढाइएको छ । पोखरीलाई बहुउपयोगमा ल्याउने योजना पनि सामुदायिक वन सगंरहेको छ । पोखरीमा माछा पालन गरि सामुदायक वनका उपभोग्ताहरुलाई आर्थीकरुपमा समेत अगाडी बढाउनको लागी यस पोखरीले सहयोग हुने सामुदायिक बनको योजना रहेको छ ।

यस सामुदायिक वनमा रहेको भ्युटावरमा आन्तरिक पर्यटकहरुको सख्या बढदै गएको छ पोखरी निर्माणले पर्यटकको सख्यामा दोब्वर बृद्धि हुने सामुदायिक वनले अपेक्षा लिएको छ । भ्युटावरबाट बन्यजन्तुलाई अबलोक न गर्न सकिने छ ।
पोखरी निमार्णको लागी डिभिजन वन वन कार्यालय बाँँकेले आर्थिक सहयोग गरेको हो ।
सामुदायिक वन र पोखरीको बिषयमा सृजना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलसगको यो कुराकानी

Nabintech