६ जेष्ठ २०८१, आईतवार
तक्षशिला द्वारा ब्लड क्यानसर पिडितलाई आर्थिक सहयोग प्रदान

  • टाइम्स संवाददाता

  • ४ चैत्र २०८०, आईतवार १६:२४

कोहलपुर : बाँकेको कोहलपुर १२ निबासी बासुदेब पुन ब्लड क्यान्सर भएर अहिले काठमान्डौको टिचिङ अस्पतालमा उपचार्था अबस्थामा रहेका छन । उनको घरको आर्थिक अबस्था कमजोर भएकोले उपचारमा समस्या आएका पछि कोहलपुर १० मा रहेको तक्षशीला एकेडेमीका पुर्व बिद्यार्थी रोशनी राना सहितका उनका सहकर्मीहरुले अहिले सहयोग रकम संकलन गरिरहेका छन ।
बासुदेब पुन तक्षशीला एकेडेमीका पुर्व बिद्यार्थी समेत हुन । आफनो बिद्यालयको पुर्व बिद्यार्थी भएको हुदा उनलाई अप्ठारो परेको बेला बिद्यालयले सहयोग गर्नु पर्ने कर्तब्य भएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताए । बिद्यार्थी र शिक्षक गरि बिद्यालयका तर्फबाट ३८ हजार ३ सय ३० रुपैया सहयोग गरेको अध्यक्ष बेल्बासेले बताए ।

पुर्व   बिद्यार्थी रोसनी रानाले यस बिदालयका शिक्षक , शिक्षीका र बिद्यार्थीबाट भएको सहयोगले यस अभियानमा ठुलो उर्जा मिलेको र आफनो साथीको जीवन रक्षाको लागी सहयोग संकलनको लागी हौसला मिलेको बताइन ।
तक्षशीला एकेडेमीका बिद्यार्थी क्याप्टेन दिपेन्द्र खत्रीले जोकोही पनि अप्ठारो परिस्थितीमा हुदा सहयोग गर्नु पर्ने बताएका छन ।

Nabintech