१७ बैशाख २०८१, सोमबार
गुल्मी सिर्सेनीका किसान कफि खेती तर्फ आकर्षित

  • टाइम्स संवाददाता

  • ५ चैत्र २०८०, सोमबार ०८:००

गुल्मी : गुल्मीमा परम्परागत कृषि पेसा अगाँल्दै आएका किसान कफी खेतीमा लागेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी तोरेटाका किसानले बारीमा मकै र कोदो लगाउन छोडेर कफी खेती शुरु गरेका हुन् । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले किसानलाई व्यावसायिकरूपमा कफी खेती गर्न उत्प्रेरित गरेको हो ।

परम्परागत खेती लगाउँदा बाँदर, बँदेल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आएकोमा कफी खेती लगाएपछि सहज भएको किसानले बताएका छन् । सिर्सेनीका किसानले तीन वर्षअघि नै ‘तीनधारे कफी उत्पादन कृषक समूह’ गठन गरेका थिए । समूहमा आबद्ध किसानले ५० देखि दुई हजार वटासम्म कफीका बोट लगाएका छन् ।

Nabintech