५ जेष्ठ २०८१, शनिबार
सिक्टा सिँचाइ आयोजनाको काम १८ बर्षमा ४० प्रतिशत मात्रै

  • टाइम्स संवाददाता

  • ५ चैत्र २०८०, सोमबार ०८:०३

बाँके :  निर्माण शुरु भएको १८ वर्षमा सिक्टा सिँचाइ आयोजनाको काम ४० प्रतिशत मात्रै सकिएको छ । आर्थिक वर्ष २०६२र६३ मा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा सिँचाइ आयोजनाले अहिलेसम्म ४० दशमलव २२ प्रतिशत भौतिक प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ ।

यो आयोजनाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ काम शुरु भएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए  ।आयोजना शुरु भएदेखि अहिलेसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत रहेको छ

Nabintech