५ जेष्ठ २०८१, शनिबार
संचालनमा आयो कर्णाली पुल

  • टाइम्स संवाददाता

  • ५ चैत्र २०८०, सोमबार ११:१५

कोहलपुर  :  आगलागी बाट आशिक मात्रामा क्षति पुगेको कर्णाली पुल आज देखि सञ्चालनमा आएको छ ।लाइटर बोकेर सुदूरपश्चिम जाँदै गरेको ट्रकमा आगलागी भएपछि उक्त पुलमा सामान्य क्षति पुगेको थियो । सडक डिभिजन कार्यालयले उक्त आगलागीबाट पुलमा भएको क्षतिको प्राविधिक मूल्यांकन गरेको थियो । पुललाई सपोट दिइएको सपोड डोरीको बाहिरी भागमा सामान्य क्षति भए पनि अन्य क्षति नभएपछि आजदेखि पूर्णरुपमा पुल सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए ।

Nabintech