५ जेष्ठ २०८१, शनिबार
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०८०, मंगलवार ११:१०

काठमाण्डौ : कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली छ । आज दिउँसो देशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । अरु बाँकी ठाउँको मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले आज र भोलि देशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने जानकारी दिनुभयो । देशको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

Nabintech