५ जेष्ठ २०८१, शनिबार
किराफट्याङ्ग्राको सङ्ख्यामा कमी

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०८०, मंगलवार ११:१६

काठमाडौँ : अन्न उत्पादन बढाउने र फूलको परागसेचन गराउन मुख्य भूमिका निर्वाह गर्ने किराफट्याङ्ग्राको सङ्ख्यामा कमी आएको छ । मानव जीवनसँग निकट सम्बन्ध राख्ने किराफट्याङ्ग्रा घट्दा त्यसले विश्वव्यापी रूपमा असर पार्ने भएकाले समयमै सचेत हुन खोजकर्ताले अनुरोध गरेका छन् ।

लामो समयदेखि युरोप र अमेरिकामा किरा कसरी लोप भइरहेको छ भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने किरा लोप भएका बारे कमै अध्ययन भएको छ । नेपालमा पनि किरा लोप भएको बारेमा सरकारी स्तरबाट धेरै खोज हुन सकेको छैन तर त्यसको असर भने किसानलाई पर्न थालेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का वरिष्ठ किट विशेषज्ञ आरपी मैनालीले मानवीय गतिविधि विनाशकारी हुनु र जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा साना प्रजाति अर्थात् किराफट्याङ्ग्राको सङ्ख्यालाई कमी गरिरहेको जानकारी दिए

उहाँका अनुसार जमिनमा बस्ने जीवमध्ये सबैभन्दा ठुलो सङ्ख्या किराले ओगटेको छ । किराले मानिससहित अन्य विभिन्न प्रजातिलाई सहयोग गरिरहेका छन् । किराले चरा र ससाना स्तनधारी प्राणीका लागि आहार प्रदान गर्छन्

Nabintech