२३ बैशाख २०८१, आईतवार
अम्रिसो खेतीप्रतिको आकर्षण बढ्दै

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०८०, मंगलवार ११:२०

बाजुरा :  गाईवस्तुलाई घाँस र झाडु लगाउन कुचोका रूपमा प्रयोग हुँदै आएको अम्रिसो खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । घाँस र कुचो बिक्री गर्दा राम्रो कमाइ हुने भएकाले पनि स्थानीयवासी अम्रिसो खेतीप्रति आकर्षित हुन थालेका हुन् । गाईभैँसीका लागि पातको घाँस आहार हुने र त्यसको फूलको कुचो बनाएर बिक्री गर्न सकिने भएकाले अम्रिसोको व्यावसायिक खेती गरेको बुढीगङ्गा नगरपालिका–२ का बहादुर थापाले बताउनुभयो । स्थानीय वसन्त बालमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापाले भन्नुभयो, “विद्यालयवरिपरि गरिएको अम्रिसो खेतीले वातावरण स्वच्छ पार्नुका साथै बिक्रीबाट विद्यालयलाई समेत केही आम्दानी हुने गरेको छ ।”

Nabintech