५ जेष्ठ २०८१, शनिबार
बजार अनुगमन तिब्र : मापदण्ड बिपरीत रहेका मासुपसल कारवाहीमा

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०८०, मंगलवार १६:३६

कोहलपुर : कोहलपुर नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । नागरिकहरुको स्वास्थयलाई पहिलो प्रथमिकता दिदै कोहलपुर क्षेत्रमा संचालन भएका मासु पसलहरुको अनुगमन गरेको कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नी प्रसाद आर्चायले जानकारी दिए।


कोहलपुरको पुरानो बसपार्कमा मापदण्ड बिपरीत रहेका २ वटा मासुपसललाई कारवाही सहित जरिवाना गरेको छ। पप्पु रागाँ मासु पसल पटकपटक दिएको सुचनालाई अबज्ञ गरेको र मासु पसलमा स्वास्थ्यको कुनै पनि मापदण्ड नभएको पाइएकोले मासु जाँच ए्ेन अनुसार पहिलो पटकमा २० हजार गरिएको बताइएको छ । त्यसै गरि नसिम करेशी राँगा मासु पसललाई मासु बिक्री कक्षाको मादण्डपुरा नभएको,बिक्री स्थल फोहोर हुनुका साथै झिंगा भन्केको पटक पटक सुधार गर्नलाई दिएको आदेशलाई नटेरेकोले १० हजार जरिवना गरिएको कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नी प्रसाद आर्चायले बताएका छन ।
कोहलपुरको पुरानो बसपार्कमा अब्यवस्थितरुपमा मासुपसल सन्चालन हुद ,त्यस क्षेत्रका अन्य ब्यवसायिलाई दुर्गन्धले बस्न समेत कठिनाइ भएको स्थानीय ब्यापारी छबिलाल भट्टराईले बताए ।


कोहलपुरको पुरानो बसपार्कमा रहेका सबै मासुपसललाई एक हप्ता भित्र एसी जाडान गरि ब्यवस्थितरुपमा बिक्री गर्नको लागी निर्देशन कोहलपुर नगरपालिकाले दिएको छ ।कोहलपुर ११ मा रहेका २ वटा चाउमिन उद्योगलाई पहिलो चरणमा सरसफाइमा ध्यान दिन,लेबल लगाउन र उपभोग्ताले सहज तरिकाले देख्न सक्ने गरि उत्पादन मिती राख्नको लागी निर्देशन दिएको छ ।सश उत्पादनको क्रममा सरसफाइको पुरा मापदण्ड अपनाउन समेत निर्देशन दिएको छ । फेरी अनुगमनको क्रममा मापदण्ड पुरा नभएको कारवाही गरिने कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नी प्रसाद आर्चायले बताएका छन ।

 

Nabintech