२१ बैशाख २०८१, शुक्रबार
एमाले बाँके अधिवेशन जेठमा : अध्यक्षमा पौडेलको नाम चर्चामा

  • टाइम्स संवाददाता

  • १० चैत्र २०८०, शनिबार ०९:५६

बाँके : नेकपा ९एमाले बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८० जेठ महिनामा हुने भएको छ । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा शुक्रबार नेपालगन्ज सम्पन्न जिल्ला कमिटीको १० औँ पूर्ण बैठकले जेठ २ र ३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमाले बाँकेको आठौँ जिल्ला अधिवेशन २०७८ पुसमा भएको थियो । बैठकले चैत मसान्तभित्र वडा अधिवेशन र वैशाख २० भित्र पालिका अधिवेशन गरिसक्ने निर्णय गरेको जिल्ला कमिटी सदस्य राजेन्द्र कँडेलले जानकारी दिए

‘जिल्ला अधिवेशनका लागि वैशाख २२ गते एकसाथ जिल्लाभर प्रतिनिधि छनौट गरिनेछ । प्रतिनिधि छनोटका लागि पालिका, दलित, सल्लाहकार परिषद् र जनसङ्गठन गरी चार क्षेत्र तोकिएको छ ।

बैठकमा पार्टीका जिल्ला इन्चार्ज खेममान खड्काले जिल्ला अधिवेशन र स्थानीय अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न तयारीमा जुट्न निर्देशन दिएका छन सदस्यता नवीकरणको कामसँगै जनतासँग जोडिने काममा लाग्न उनले निर्देशन दिएका हुन ।

पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य सूर्य ढकाल, महारुन, शान्ति ढकाल, पशुपतिदयाल मिश्रा, दिपा शर्मा, केन्द्रीय सल्लाहकार बाबुराम गौतम लगायतका नेताहरूको सहभागिता थियो ।

एमाले बाँकेको अध्यक्षका लागि केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल, वर्तमान अध्यक्ष कक्षपति, उपाध्यक्ष डिल्ली बिसी, पूर्व अध्यक्ष निरक गुरुङ, प्रदेश कमिटी सदस्य घननाथ खनाल, महिला नेता आरती पौडेलको नाम चर्चामा छ ।

Nabintech