१७ बैशाख २०८१, सोमबार
सृजना सामुदायिक वनको गुनासो सुन्ने कार्यक्रम

भिडियो सहित


  • टाइम्स संवाददाता

  • ११ चैत्र २०८०, आईतवार १५:२०

कोहलपुर : सृजना सामुदायिक वनमा निमार्ण हुन लागेको पोखरीको बिषयमा उपभोग्ता र सरोकारवालहरुसग आज गुनासो सुन्ने कार्यक्रम सम्पन्न भएको छ ।
बन्यजन्तुको आहार ब्यवस्थापन र सिमसार क्षेत्रको लागी डिभिजन वन कार्यालयको सहयोगमा करिब ५ कट्ठमा पोखरी निमार्णको काम भएको हो । इलम परियोजनाले यो गुनासो सुन्ने कार्यक्रम आयोजना गरेको हो ।
सृजना सामुदायिक वनमा बन्यजन्तुलाई पानी खानको लागी सहज होस भनेर यो पुरानो पोखरीलाई ब्यवस्थित गर्न थालिएको सृजना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले बताए ।


पोखरी निर्माण भएसगै यहा पर्यटकहरुको आकर्षण पनि बढने सरोकारवाले बताएका छन । बस्तीका नागरिकहरुलाई बन्यजन्तुको सुरक्षित राख्नको लागी तारवारगर्न पर्ने स्थानीयले माग समेत गरेका थिए ।
कार्यक्रम सव डिभिजन वनकार्यालय कोहलपुरका प्रमुख , कोहलपुर नपा वडा न १२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह , वडा सदस्य मनसरा योगी ,सृजना सामुदायिक वनका पुर्व सचिब नारायणी वली लागयतको सहभागीता रहेको थियो ।

Nabintech