१७ बैशाख २०८१, सोमबार
कोहलपुरमा मात्रै अनुगमन गर्ने भन्ने विषय उचित होइन : प्याब्सन बाँकेका रावत

  • टाइम्स संवाददाता

  • १२ चैत्र २०८०, सोमबार १०:२२

कोहलपुर  : राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त परीक्षा सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गर्ने व्यवस्था भएपनि अनुगमन हुने खालको निर्णयको निजी विद्यालयले विरोध गरेका छन् ।

कोहलपुर बाहेक अन्य स्थानीय तहले भने एसईई अनुगमनको तयारी गरेको जानकारी नभएको संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन बाँकेले जनाएको छ  

‘जिल्लाभरी एकै किसिमको नियम हुनुपर्छ, कोहलपुरमा मात्रै अनुगमन गर्ने भन्ने विषय उचित होइन’, प्याब्सन बाँकेका अध्यक्ष यम रावतले भने

कोहलपुर नगरपालिकाले कोहलपुरका केन्द्रमा २ जना सहजकर्ता निरीक्षक खटाउने बताइएको छ । त्यसका लागि केन्द्राध्यक्षलाई निरीक्षकको लागि व्यवस्थापन गर्न भनिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुरेश यादवले एसईई परीक्षा सम्बन्धमा स्थानीय तहसँग समन्वय गर्न सकिने बताए । उनले अनुगमनका लागि केन्द्राध्यक्षको अनुमति आवश्यक हुने बताए ।

Nabintech