१७ बैशाख २०८१, सोमबार
कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता शाहीको खोजी तिब्र

  • टाइम्स संवाददाता

  • १३ चैत्र २०८०, मंगलवार ०९:५४

कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको खोजी शुरु भएको छ ।होली खेलेर आएका १७ जना युवाले हिजो कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को गर्दै हाम फालेका थिए । तीमध्ये ३० वर्षका शाही बेपत्ता भएका छन् ।हिजो बेलुका अबेरसम्म खोजी गरिएको तर नभेटिएपछि रोकिएको खोजी कार्य आज बिहानैदेखि शुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Nabintech