१७ बैशाख २०८१, सोमबार
प्रथम दलित ज्ञान उत्सव’ हुने

  • टाइम्स संवाददाता

  • १३ चैत्र २०८०, मंगलवार १०:११

सिद्धार्थनगर :  रुपन्देहीको तिलोत्तमामा प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा चैत १४, १५ र १६ गते तीन दिन दलित ज्ञान उत्सव हुने भएको हो ।

रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बुद्धभूमि रुपन्देहीबाट विभेदका विरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सव गर्न लागिएको जानकारीदिए । उनले दलित समुदायको ज्ञान, सिप र पेसा विभेदका कारण पछाडि पारिएको बताउँदै ज्ञानउत्सवले त्यसलाई चिर्ने बताउनुभयो । उहाँले ज्ञान उत्सवमा विभिन्न विषयहरूमा छलफल हुने बताउँदै सामाजिक न्याय, समानता र विभेदका विरुद्ध तिलोत्तमा नगरपालिकाले एउटा पहल गरेको बताए

Nabintech