१७ बैशाख २०८१, सोमबार
बाल शिक्षा माध्यमिक बिद्यालयले मौलिक भान्छाघरको तयारी गर्दै

  • टाइम्स संवाददाता

  • १३ चैत्र २०८०, मंगलवार १७:४८

कोहलपुर : कोहलपुर नगरपालिका वडा न १३ भरैयामा रहेको बाल शिक्षा माध्यमिक बिद्यालयले पढदै कमाउदै कार्यक्रम अन्र्तगको मह एबं च्याउ सहितको मौलिक भान्छा घर एबं एक स्थानिय तह उत्पादन ब्रान्डिङ गर्ने मौलिक बजारीकरण जिल्ला स्तरीय कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको सहजीकरण बिग फर नेपालको बिद्यालयको बाझो जमिन प्रयोग गर्ने परियोजना अन्र्तगका प्रर्बधक सुमन दाहलले गरेका थिए ।रैथाने बालीको उत्पादनमा जोडदिदै मौलिक भान्सा घरलाई सन्चालनको लागी बिद्यालय शिक्षा माध्यमिक बिद्यालयको तयारी रहेको सहजीकरण कार्यकममा बिद्यालयका प्रअ टर्क बहादुर खत्रीले कोहलपुर टाइम्सलाइ बताए ।

बाल शिक्षा माध्यमिक बिद्यालयले पढदै कमाउदैको मह कार्यक्रम ज्यादै प्रभाबकारी रहेको र यस बिद्यालयको यो कार्यक्रममा कोहलपुर नगरपालिकाले पुर्णरुपमा सहयोग गर्नु पर्ने पुर्व मन्त्री महेश्वर गहतराजले बताएका थिइ । यो कार्यक्रमले निकुन्ज क्षेत्रका बिद्यार्थीहरुको लागी बिद्यालय छोडने क्रमलाई समेत रोक्न सकिने उनले बताए ।
जिल्ला स्तरीय सहजीकरण कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक बिकास समिती संयोजन इश्वरी बिकले बिद्यालयको कार्यक्रम प्रभाबकारी रहेको बताएका थिए । कार्यक्रमको उपलब्धीको आधारमा पालिकाले सहजीकरण गर्ने बताएका थिए ।
कोहलपुर नगरपालिकाका नगर शिक्षा प्रमुख राम बहादुर हमालले आर्थीक अभाबले बिद्यालय बिद्यालय पढन नपाउनेको लागी पनि यस कार्यक्रमले सहयोग पुराएको बताएका थिए । बिद्यालयले उत्पादन गरेको मह र च्याउको बजारीकरणमा सबैले सहयोग पुराउन समेत शिक्षा शाखा प्रमुख हमालले आग्रह गरेका थिए ।


मौरीको मह उत्पादन र च्याउ खेती संगसगै सम्भाबित आयआर्ज हुने खेतीको अध्यन गरेर पढदै कामउदै कार्यक्रमलाई प्रभाबकारी बनाउनको लागी कोहलपुर नगरपालिका वडा न१३को वडा कार्यालयले पनि सहजीकरण गर्ने वडा न१३ का वडा अध्यक्ष डम्बर बहादुर खडकाले बताएका थिए ।
कार्यक्रममा  शिक्षक ,बिद्यार्थी र सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

Nabintech