१५ बैशाख २०८१, शनिबार
बाँकेबाट ९ हजार परिक्षार्थी सहभागी :लक्ष्मी माध्यमिक बिद्यालयमा परिक्षर्थीहरुलाइ दफित लैजान रोक

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०८०, बिहीबार ११:२४

 कोहलपुर : आजबाट शुरु भएको एसईई परिक्षा बाँकेबाट ९ हजार २ सय ५५परिक्षार्थीहरुले माध्यमिक शिक्षा परिक्षा दिएका छन । बाँके जिल्लामा ३४ वटा परिक्षा केन्द्र तोकिएका छन । कोहलपुर नगरपालिका भित्र रहेका १० वटा परिक्षा केन्द्र रहेका छन नेपालगन्ज उपमहानगरपालिकामा ९ वटा बैजनथा राप्ती सोनारी गाउपालिका मा ४ \४ र नरैनापुर र जानकी गाउपालिकामा १ \१ परिक्षा केन्द्र तोकिएको छ । यी परक्षा केन्द्रहरुमा शान्तिपुर्ण रुपमा परिक्षा सन्चालन भएको शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख राम सुरेश यादबले बताएका बताए ।
भने बाँकेको कोहलपुरमा रहेको लक्ष्मी माध्यमिक बिद्यालयमा भने केन्द्रअध्यक्ष जय बहादुर बिष्टले परिक्षार्थीहरुलाई दफित लैजान भने रोकाको बिद्यार्थीहरले बताएका छन । यो नियम सबै केन्द्रमा लागु नभएको हुदै केन्द्राध्क्षले के कति कारणले बिद्यार्थीहरुलाई दफित लैजान  दिएनन भन्नेबारे आफुले बुझने शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख राम सुरेश यादबले बताएका बताएका छन । बिद्यार्थीहरुले भने आफुहरुलाई बिद्यालय प्रशासनले अभद्र ब्यवहार गरेको प्रतिक्रिया दिएका छन ।

 

Nabintech