१५ बैशाख २०८१, शनिबार
प्रतिकूल मौसमका कारण  हवाई उडान सामान्य प्रभावित

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०८०, बिहीबार १७:०१

काठमाण्डाै :  प्रतिकूल मौसमका कारण  हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाले ‘भिजिबिलिटी’ कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार एअर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाइरहेका छन् अर्थात् ‘होल्ड’ भएका छन् । ‘होल्ड’ मा रहेका केही अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन् । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

Nabintech