१५ बैशाख २०८१, शनिबार
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०८०, बिहीबार १७:०९

काठमाण्डौ  : सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको । २० वटा सहकारी संस्थामध्ये १५ वटाले ४३ हजार ९ जना बचतकर्ताको १७ अर्ब २८ करोड ७४ लाख ८९ हजार रुपैयाँ ठगेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उजुरी परेको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको र पीडितले उजुरी दिन क्रम बढिरहेकाले ठगीको रकम बढ्न सक्ने देखिएको छ । नेपाल प्रहरीको सीआईबीका अनुसार सहकारी सञ्चालकले बचतकर्ताको रकमले सुपरमार्ट खोल्ने, घर जग्गा किन्ने, सञ्चारमाध्यम चलाउने, चिठ्ठा खेलाउने, घर बनाएर भाडामा लगाउने लगायतका गतिविधि गरेको पाइएको छ ।

Nabintech