१५ बैशाख २०८१, शनिबार
बिमानस्थलका क्यान्टिनमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि बितरण नगर्न नेपालगंज उच्च अदालतको अन्तरिम आदेश

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०८०, बिहीबार १७:१५

कोहलपुर  : पार्किङ्ग शुल्क, हवाई सेवाको गुणस्तर र बिमानस्थल भित्रको बिभिन्न क्षेत्रका गरिनु पर्ने सुधारका बिषयमा दायर सार्वजनिक सरोकारको रिटमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले बिपक्षीका नाउमा बिमानस्थलका क्यान्टिनमा अनिवार्य रुपमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि बितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
नेपालगंज उच्च अदालत बार एशोसिएनका पुर्व अध्यक्ष अधिवक्ता विकास आचार्य, एडभोकेसी फोरमकाका तर्फबाट लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठका साथै अधिवक्ताहरु लोक बहादुर शाह, बल बहादुर चन्द, बिश्वजित तिवारी, सुनिता शर्मा, र नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, इन्सेकका प्रदेश संयोजक भोला महत लगायतले संयुक्त रुपमा दायर गरेको रिटमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीशद्धय किरण कुमारी गुप्ता र बसन्तराज पौडेलको संयुक्त इजलासले बिपक्षीका नाममा बिमानस्थलको खाजा घर ९क्यान्टिनमा० बेचिने बस्तुको अनिवार्य रुपमा मुल्य सुचि राख्न र बिमानस्थल परिसरमा सुर्तिजन्य पदार्थको बिक्रि बितरणमा रोक लगाउने आदेश गरेको रिट निवेदक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । अन्तरिम आदेशको रुपमा तत्काल उल्लेखित बिषयमा आदेश भएको मुद्धाको अन्तिम सुनुवाई पश्चात माग दावी गरेका अन्य सवालमा समेत बिपक्षीका नाममा आदेश हुन सक्ने अधिवक्ता गौतमले बताए ।
मुद्धामा नेपालगंज विमानस्थल नागरिक उड्डयन कार्यालय, कार्यालयका प्रमुख, विमानस्थल भित्र सवारी पार्किङ्ग गर्ने शार्थक टे«ड सेन्टर एण्ड सप्लायर्स , बुद्ध, यति, श्री, सिता, तारा, समिट, गुण एयरलाइन्स प्रा।लि, नेपाल वायुसेवा निगम शाखा कार्यालय नेपालगंज, जिल्ला प्रशासन कार्यालय, बाँके समेतलाई बिपक्षी बनाई रिट निवेदकहरुले उत्प्रेषण र परमादेश समेतको रिट निवेदन दायर गरेका थिए ।
पार्किङ शुल्क, हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी र अधिकारकर्मीले हवाई सुशासन र उपभोक्ता अधिकारको संरक्षण र गुणस्तरिय सेवाको माग राख्दै रिट दायर मुद्धाका रिट निवेदक बिकाश आचार्यले जानकारी दिए ।

नेपालगन्ज एयरपोर्ट भित्र लिइने पार्किङ्ग शुल्क, त्यसको सम्झौता लगायतका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सूचना माग गरेका कानून ब्यवशायीहरुले बिमानस्थलमा सुधार गरिनु पर्ने पक्ष, सेवाको गुणस्तर, बिमान डिले हुँदा यात्रुलाई समयमै दिईनु पर्ने सुचना, यात्रुलाई दिनु पर्ने सुबिधा, सेवाको गुणस्तरका बारेमा नेपालगंज विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक सुरेश प्रसाद खनाल र एयरलाईन्सका प्रतिनिधिसंग छलफल गरेकोमा ठोस सुधार नभए पछि मुद्धामा जानु परेको रिट निवेदक कानूनब्यवशायीहरुले जनाएका छन् ।
यस किसिमको आदेशले उपभोक्ताको अधिकारलाई स्थापित गर्न सहयोग मिल्ने उपभोक्ता हित संरक्षण मन्च कोहलपुरका अध्यक्ष बिष्णुप्रसाद बेल्बासेले बताए।

Nabintech