१५ बैशाख २०८१, शनिबार
बागेश्वरी बहुमखी क्याम्पसका प्राध्यापकहरु आन्दोलनको तयारीमा

  • टाइम्स संवाददाता

  • १६ चैत्र २०८०, शुक्रबार १८:१३

कोहलपुर  : बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम बिश्वबिद्यालय बागेश्वरी बहुमखी क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरु बिश्व बिद्यालयको आङगिक क्याम्पस कोहलपुरमा समायोजन भएको ६ बर्ष पुग्दा पनि नियमावलीमा भएका नियमहरु हल सम्म पनि सम्बोधन नभएको प्रति गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
लामो समय देखि क्याम्पस प्रशासनले मौखिक आश्वासन मात्रै दिएको हुदा प्राध्यापकहरु पिडित भएको र पेशागत बृद्धिबिकासमा समेत अबरोध भएको बिज्ञप्तीमा भनिएको छ । योग्ता पुगेका प्राध्यापकहरुलाई बढुवा गर्नु पर्ने ,आन्तरिकबाट स्थाइ गर्नु पर्ने घटुवा परेका प्राध्यापकहरुलाई सोही पदमा पुर्नवहाली गर्ने पर्ने जस्ता मागहरु राखिएको छ ।
प्राध्यापकहरुको मागलाई तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने बागेश्वरी बहुमखी क्याम्पस प्राध्यापकसंघ सभापति राज कुमार चन्दद्धारा जारी बिज्ञिप्तमा भनिएको छ ।

Nabintech