२३ बैशाख २०८१, आईतवार
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

  • टाइम्स संवाददाता

  • १९ चैत्र २०८०, सोमबार ११:०५

कैलाली : सुदूरपश्चिमका राना थारु समुदायले आज खखडेहरा पर्व मनाउँदैछन् । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

राना थारू समुदायले होलीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाउने गर्छन् । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायमा एक महिनासम्म होली मनाउने चलन छ । फागू पूर्णिमादेखि एक महिना राति होली खोलिन्छ । होलीको अन्तिम दिन खखडेहरा पर्व मनाउने गरिन्छ ।

आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठूलो पर्व होरी अर्थात होली पनि सकिएको छ ।  राना थारूको बसोबास रहेको वस्तीमा खखडेहरा महोत्सवसमेत हुने गर्छ ।

सुदूरपश्चिम प्रदेश सरकारको २०७९ चैत २२ गते बसेको मन्त्रिपरिषदले खखडेहरा पर्वको दिन प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

Nabintech