२१ बैशाख २०८१, शुक्रबार
ठुला दलहरु निरही भए भ्रष्टचार बिकराल भयो : कमल थापा

भिडियो सहित


  • टाइम्स संवाददाता

  • २० चैत्र २०८०, मंगलवार १३:४९

कोहलपुर  : राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका अध्यक्ष कमल थापामले अहिले गणतन्त्रण असफल भएको जिकिर गरेका छन । प्रदेश आबश्यक नभएको भन्दै प्रदेशलाई तत्काल खारेजी गर्नु पर्ने कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन ।
ठुला दलहरु अहिले निरही भएको र देश बिदेशी दलालहरुले कब्जा गएकोे , बिदेशीको इसारमामा अहिलेका दलहरु चलिरहेको बताएका थिए । देशमा युवाहरुलाई रोक्न बर्तमान सरकार असफल भएको हुदा बिदेशीने युवाहरुको सख्या बढदै गएको र त्यस तर्फ देशको नेतृत्व गरिरहेका दलहरुले युवालाई स्वदेशमा रोक्ने तर्फ ध्यान नदिएको प्रति आफुलाई दुख लागेको अध्यक्ष थापाले बताए ।
पश्चिमका मुलुकहरु हिन्दु धर्मलाई निमुट गर्न लागी परेको आरोप समेत लगाएका थिए ।अहिले देशमा भष्टचारले देश जर्जर अबस्थामा पुगेको हुदा आम नागरिकहरुमा निरासा छाएको राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका अध्यक्ष कमल थापाले पत्रकार सम्मेलनमा बताएका थिए ।
सबिधानको कुरालाई कार्यान्वय गर्नको लागी सनातन धर्मरक्षाको लागी छानबिन समिती बनाउनु पर्ने उनले जिकिर गरेका छन । अहिलेको अबस्थामा हिन्दु राष्ट्र र राजसस्था स्थापनाको लागी एउटै मार्चाबाट आन्दोलन गर्नु पर्ने बताएका थिए । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य हिक्मत ढकालको सहभागीता रहेको थियो ।

 

Nabintech