२२ बैशाख २०८१, शनिबार
रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण

  • टाइम्स संवाददाता

  • २० चैत्र २०८०, मंगलवार १४:०४

नेपालगन्ज : नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं। ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो ।

रानीतलाउमा घुम्न आएका आन्तरिक पर्यटकहरु तलाउमा पालिएका माछालाई चारो हालिदिने तथा माछा हेरेर रमाउने गरेका छन् । रानीतलाउमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटकहरु माछालाई दाना तथा चारो हालेर माछा हेर्दै रमाउने गरेको रानीतलाउ सञ्चालक कम्पनीका कर्मचारी दिपक खनाल बताउनुहुन्छ ।

कर्मचारी खनालले अन्य दिनभन्दा सार्वजनिक विदाका दिनमा आन्तरिक पर्यटकहरु तलाउमा घुम्न आउने गरेको बताउनुभयो

Nabintech