१७ बैशाख २०८१, सोमबार
गुल्मीमा चैते धान रोप्न सुरु

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०८०, बुधबार ०८:१०

गुल्मी :  गुल्मी जिल्लामा यतिबेला चैत धान रोप्न सुरु गरिएको छ । चैतको पहिलो साताबाट सुरु गरेर चैतको अन्त्यसम्म धान रोप्ने गरिन्छ । जिल्लामा पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा वर्षेनी चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको छ ।

गुल्मी जिल्लामा चैतको तेस्रो सातासम्म १७ प्रतिशत चैते धान रोपाइँ भएको छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ । चैते धान रोपेको ठाउँमा पुनः फेरि बर्खे धान रोप्ने गरिन्छ । ग्रामीण क्षेत्रका कृषकहरूलाई यतिबेला चैते धान रोप्न चटारो सुरु भएको छ ।  जिल्लामा आर्थिक वर्ष ०७७/०७८ मा ३५२ हेक्टर क्षेत्रफलमा धान खेती भएको पाइएको छ । त्यस्तै ०७८/०७९ मा ३५० हेक्टर क्षेत्रफल र ०७९/८० मा ३४१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यश वर्ष क्षेत्रफल घटेर ३१९ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने प्रक्षेपण कृषि ज्ञान केन्द्रले गरेको छ । यसरी पछिल्लो तथ्याङ्क हेर्दा उत्पादन क्षेत्रफल घट्दै गएको पाइएको छ ।

Nabintech