२० बैशाख २०८१, बिहीबार
नेपाल वन प्राबिधिक संघको चुनाबमा डिफान सन्जाल सहितकाे प्यानलले मतपरिणाम बराबर बृक्षाराेपण र माउ रूख कलरिङ गर्ने

  • टाइम्स संवाददाता

  • २३ चैत्र २०८०, शुक्रबार २२:०९

  कोहलपुर  : नेपाल वन प्राविधिक संघको नयां नेतृत्वच चयनका लागि भोलि शनिबार मतदान हुने भएको छ । बिहान १० बजेदेखि ५ बजेसम्म सातै प्रदेश र काठमाडौं उपत्यका गरी आठ स्थानमा हुने मतदानमा करिब ३२ सय मतदाता सहभागी हुंदैछन् । नयां नेतृत्वका लागि कांग्रेस–माओवादी र मधेशवादी दल निकटको संयुक्त प्यानल तथा एमाले र मधेशवादी दल निकटको असन्तष्ट पक्षको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । तर संघको चुनावमा कांग्रेस–माओवादी र मधेशवादी दल निकट प्राविधिकको पल्ला भारी देखिएको छ ।

संयुक्त प्यानलमा प्रजातान्त्रिक वन प्राविधिक संघ,नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल र मधेशका लागि वनमा आवद्ध प्राविधिकहरु छन् भने एमाले निकट प्रगतिशिल वन प्राविधिक संघसंग मधेशका लागि वनको असन्तुष्ट पक्षाले गठबन्धन गरेको छ । कांग्रेस माओवादी र मधेशका लागि वनको प्राविधिकहरुको प्यानलबाट अध्यक्षमा राकेश कर्ण र अर्को प्यानलबाट विजयराज पौडेल उम्मेदवार छन् ।
कांग्रेस माओवादी र मधेशका लागि वनको प्यानलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेको छ । जसमा यसअघि प्रगतिशिल वन प्राविधिक संघको नेतृत्वले जितेपनि वन काउन्सील गठनको एजेण्डा कार्यान्यवन गर्न नसकेकाले सो एजेण्डा पूरा गर्न यसपटक आफूहरुले जित्नुपर्ने लुम्बिनी प्रदेश सचिव केशव खड्काले बताए ।

यस्तै सक्रिय वन व्यवस्थापन,पेशागत सुरक्षा र पेशागत दक्षता बृद्धि लगायतका एजेण्डा रहेको खड्काले बताए । वैज्ञानिक नीति र कानुन बन्न सके वनबाट देशको आर्थिक समृद्धि र रोजगारी हासिल गर्ने गरी आफ्नो प्यानले काम गर्ने खड्काले बताए ।

लुम्बिनी प्रदेशको हकमा आफ्नो प्यानलले पाउने मत बराबर आगामी असारमा बृक्षारोपण गर्ने,सक्रिय वन व्यवस्थापन भएका क्षेत्रमा माउ रुखहरुको कलरिङ गर्ने रहेका छन् ।
संयुक्त प्यानलले मतदानमा सक्रिय सहभागिताका लागि सबै मतदातामा अपील समेत गरेको छ ।

यसपटक तीनवटा संगठनको तालमेल भएकाले आफूहरुको जित सुनिश्चित भएको सो प्यानलका नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल प्रदेश महासचिव मोतिराम पौडेल र मधेशका लागि वनका केन्द्रीय सदस्य दिनेश जैसवालले बताए

Nabintech