२० बैशाख २०८१, बिहीबार
शिक्षाका कर्मचारी सरुवामा नयाँ मापदण्ड

  • टाइम्स संवाददाता

  • २४ चैत्र २०८०, शनिबार ११:११

काठमाण्डौ : शिक्षा मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीको कामको आधारमा सरुवा गर्ने गरी नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्डअनुसार उत्कृष्ट काम गर्ने कर्मचारीलाई सुगम स्थान तथा रुचाएको ठाउँमा सरुवा, पदस्थापन वा काजमा खटाउन प्राथमिकता दिइनेछ ।

अपाङ्गता भएका, दीर्घरोग भएका कर्मचारीलाई सुगम भौगोलिक स्थानमा पदस्थापना, सरुवा वा काजमा ल्याउन सकिने मापदण्डमा उल्लेख छ । सङ्घीय निजामती सेवामा रहेर जिल्लास्तरमा कार्यरत कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्र स्तरमा सरुवा वा काजमा नल्याउने प्रावधान राखिएको छ । केन्द्रस्तरमा पाँच वर्ष अवधि कार्यरत कर्मचारीलाई जिल्लास्तरका कार्यालयमा सरुवा गर्ने मापदण्डमा उल्लेख छ ।

Nabintech