२० बैशाख २०८१, बिहीबार
गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रसहित तराईमा थोरै ठाउँमा हावाहुरीको सम्भावना

  • टाइम्स संवाददाता

  • २४ चैत्र २०८०, शनिबार ११:२१

काठमाण्डौ  : आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ ।

ती क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सरोज पुडासैनीका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको छ ।

Nabintech