२० बैशाख २०८१, बिहीबार
बड्डीचौर–खम्बगाडे सडकखण्डमा ‘डबल कटिङ’ को काम अन्तिम चरणमा

  • टाइम्स संवाददाता

  • २४ चैत्र २०८०, शनिबार ११:२४

सुर्खेत :  सुर्खेतको बड्डीचौर–खम्बगाडे सडकखण्डमा ‘डबल कटिङ’ को काम अन्तिम चरणमा पुगेको छ । कुल १३ किलोमिटर सडकमध्य ब्युरेनी क्षेत्र छाडेर दुवैतर्फ करिब नौ किलोमिटर सडकको डबल कटिङको काम सकिएको हो ।  वर्षौंदेखि कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका पश्चिम सुर्खेतका नागरिकलाई सहज यात्राका लागि प्रदेशको पूर्वाधार विकास निर्देशनालयले यो सडक निर्माणको काम गरिरहेको छ तर रुख कटानको अनुमति नहुँदा हाल यो सडकको दुई हजार आठ सय मिटर सडकको कटिङ हुन बाँकी नै छ ।

रुख नभएको क्षेत्रमा लगभग कटिङको काम सकिएको छ । कटिङ सकिएको क्षेत्रमा अहिले नाला निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर हरिप्रसाद धितालले जानकारी दिनुभयो । अहिलेसम्म तीन हजार आठ सय मिटर नाला निर्माणको काम सकिएको छ । बाँकी खण्डको काम पनि भइरहेको र सात वटा कलभर्ट निर्माणको काम सकिएको उहाँले बताउनुभयो ।

Nabintech