२० बैशाख २०८१, बिहीबार
केयरगिभरमा इजरायल जान करार सम्झौता

  • टाइम्स संवाददाता

  • २४ चैत्र २०८०, शनिबार ११:४१

काठमाडौँ : सरकारले इजरायलमा सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये २१ जनाको करार सम्झौता भएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा जान पाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवालाई इजरायलमा रोजगारी दिने भएपछि जान थालेका छन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको हो ।

इजरायलमा सहायक श्रमिकका रूपमा विभिन्न वृद्धाश्रममा काम गर्न जान छनोटमा परेकाहरू युद्धका कारण एक वर्षसम्म जान पाएका थिएनन् । अहिले केयरगिभर आवश्यक परेकाले इजरायले श्रम सम्झौता गर्न थालेको छ । हालसम्म पटक पटक गरेर २१ नेपालीले रोजगारदातासँग श्रम सम्झौता गरिसकेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।

Nabintech