१७ बैशाख २०८१, सोमबार
एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक वैशाख ८ गतेदेखि

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०८०, आईतवार ०७:४८

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आउँदो वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।

बैठकमा महाधिवेशनमा दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न आज केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको कार्यालयका सचिव डाक्टर अधिकारीले जानकारी दिनुभयो ।

Nabintech