१७ बैशाख २०८१, सोमबार
अल्लोबाट आम्दानी गर्दै महिला

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०८०, आईतवार ०७:५०

घोराही : वनजङ्गल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादनसम्बन्धी सिप सिकेपछि महिलाले लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् ।

अल्लो धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्ने महिला हुनुहुन्छ, घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी दिलकुमारी पुन । विगत १८ वर्षदेखि अल्लो धागो तथा कपडा उत्पादनमा संलग्न पुनले विगत सात वर्षदेखि घोराहीमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यावसायिक रूपमा अल्लो धागो तथा कपडा उत्पादनको काम गर्दै आउनुभएको छ । २०५७ मा रुकुमबाट दाङ झरेकी पुनले २०६२/६३ सालदेखि अल्लो धागोसम्बन्धी काम गर्दै आउनुभएको छ ।

धागो तथा कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ ल्याउन समस्यासँगै व्यावहारिक रूपमा अघि बढ्ने गरी २०७३ मा अल्लो विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यावसायिक उत्पादनमा लागेकी पुनले अहिले वार्षिक करिब २५/३० लाखसम्मको कारोबार गर्दै आएको बताउनुहुन्छ ।

Nabintech