१७ बैशाख २०८१, सोमबार
गण्डकीकाे मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

  • टाइम्स संवाददाता

  • २५ चैत्र २०८०, आईतवार १५:४१

पोखरा  : गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा ९एमाले० का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा ९माओवादी केन्द्र० का सभामुखसहित आठ जना र एक जना स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेसहित ३१ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गर्नुभएको थियो । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्थ्यो ।

Nabintech