१७ बैशाख २०८१, सोमबार
एक सय १५ ठाउँमा डढेलो,

  • टाइम्स संवाददाता

  • २६ चैत्र २०८०, सोमबार १५:०५

काठमाण्डाै  : सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फाुगनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ ।

वन तथा भू–संरक्षण विभागका अनुसार अस्ति शनिवारदेखि अहिलेसम्म एक सय १५ वटा ठाउँका जङ्गलमा डढेलो लागेको छ । अहिले २३ वटा ठाउँमा डढेको लागिरहेकोमा सबैभन्दा धेरै दाङका मात्रै छ वटा ठाउँमा डढेको लागिरहेको छ । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले डढेको झन बढ्ने जोखिम छ ।

स्थानीय वायुको प्रभावका कारण कतै कतै पानी परे पनि देशभरकै डढेलो निभाउने गरी पानी पर्न अझै केही दिन कुर्नुपर्ने मौसमविद्ले बताएका छन् । नयाँ पालुवा पलाउने आशा र कतै कतै बदमास मनसाय भएका व्यक्तिहरूले वनमा आगो लगाउने गरेका छन् ।

Nabintech