१७ बैशाख २०८१, सोमबार
कालिमाटी गाउपालिका वडा न ७ र्‍याङ्गमा दोस्रो फुटवल प्रतियोगीता शुरु

  • टाइम्स संवाददाता

  • २६ चैत्र २०८०, सोमबार २०:४३

र्‍याङ्गमा सल्यान : सल्यान जिल्लाको कालिमाटी गाउपालिका वडा न ७ मा दोस्रो फुटवल प्रतियोगीता शुरु भएको छ । सल्यान जिल्ला प्रदेश सभा ख का सासद सुरेश अधिकारीले प्रतियोगिताको उद्धघाटन गरेका थिए । कालिमाटी गाउपालिका वडा ७ निकै बिकट वडाको रुपमा रहेकोले आफुले यस क्षेत्रबाट चुनाब जिते पछि बाटो र बिजुलीको लागी ८० करोड भन्दा बढि बजेट बिनियोजन गर्नको लागी पहल गरेको बताएका थिए ।
अहिले चुनाब जितेपछि सबै पाटिको साझा सासद भएको हुदा यस क्षेत्रको बिकासको लागी सबै सगै हातेमालो गरेको बताए थिए । सबै मतदाताहरुलाई समान ब्यवहार गरेको बताएका छन । पछिल्लो समय राजनैतिक आस्थाको कारणले वडा न ७ का वडा अध्यक्षले हरेका गतिबिधीमा राजनिती गरि पक्षपात गरेको उनले आरोप लगाएका छन । यस क्षेत्रका युवाहरुलाई समेटर पालिका र वडाको बजेटबाट एकै ठाउमा फुटवल प्रतियोगिता आयोजना गर्नु पर्नेमा बिगत दुइ बर्ष देखि छुटै खेलकुदका प्रतियोगित आयोजना गर्दै आएकोमा प्रदेश सासद अधिकारीले आको्रस ब्यक्त गरेका थिए ।


यस क्षेत्रका युवाहरुमा फुटवलको केरेज बढेको हुदा गंगटेखोली मध्यवर्ती सामुदायिक वन उपभोग्ता समुहले फुटवल प्रतियोगिता आयोजना गरेको गंगटेखोली मध्यवर्ती सामुदायिक वन उपभोग्ता समुहका अध्यक्ष अर्जुन बुढाले कोहलपुर टाइम्सलाई बताए ।
वडा कार्यालयले सहयोग नगरेको हुदा आफुहरुले नै प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको मनोभावनालाई उच्च राख्नको लागी प्रतियोगिता संचालन गरिएको गंगटेखोली मध्यवर्ती सामुदायिक वन उपभोग्ता समुहका अध्यक्ष अर्जुन बुढाको भनाइ रहेको छ । फुटवल प्रतियोगिता बैशाख १ गते सम्म सन्चालन हुने आयोजकले जानकारी दिएको छ । यहा रहेको खेलमैदान ब्यवस्थित गर्नको लागी प्रदेश र काटिमाटी गाउपालिकाले सहयोग गर्नु पर्ने खेलाडीहरुले बताएका छन ।

 

Nabintech