१७ बैशाख २०८१, सोमबार
धमाधम क्रिसाबाट राजीनामा दिदै यस्तो छ कारण

  • टाइम्स संवाददाता

  • २६ चैत्र २०८०, सोमबार २१:१०

कोहलपुर : सस्थागत बिद्यालयहरुको संगठन क्रिसा कोहलपुरमा आबद्ध रहेका बिद्यालयहरुले क्रिसा छोडदै यसका पदाधिकारीहरुले राजीनामा दिन थालेका छन ।
क्रिसाका उपाध्यक्ष महेन्द्र शर्माले केही दिन अगाडी राजीनामा दिइसकेका छन । आफुखुसी गतिबिधीहरु गरेको भन्दै शर्माले राजीनामा दिएका हुन ।
यता बिद्यालयहरुको हित बिपरित क्रिसा लागेको भन्दै राजीनामा दिएको नमुना बिद्या सदनका संस्थापक शिब डाँगीले कोहलपुर टाइम्सलाई प्रतिक्रिया दिएका छन ।हरेका क्रियाकलापमा क्रिसाका जिम्मेबार पदाधिकारीहरुले मनोमानी ढंगले प्रस्तुत भएर सिमीत स्वाथ्यको लागी काम गर्न थालेकोले आफुले राजीनामा दिएको डाँगीले प्रतिक्रिया दिएका छन ।
पछिल्लो अबस्थामा क्रिसाका आन्तरिक गतिबिधीहरु कसैको निजी स्वाथर्कालागी प्रयोग भइरहेको हुदा उक्त सस्थामा आफु बसेको कुनै औचित्व नभएको भन्दै बेष्र्टन माबिका सस्थापक कुबेर बस्नेतले पनि राजीनामा दिएका छन ।


कुबेर बस्नेत एन प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष हुन भने शिब डाँगी सदस्य हुन भने एक श्रोतले दिएको जानकारी अनुसार क्रिसाका अरु १२ जनाले समेत राजीनामा दिने तयारीमा रहेको बुझिएको छ ।
बिगत लामो समय देखि बन्द रहेका बिद्यालयहरु सन्चालनको लागी क्रिसाले गलत भुमिका खेलेको भन्दै क्रिसा संगको आबद्धतामा नरहने बिद्यालयहरुले बताएका छन ।

अहिले पछिल्लो अबस्थामा कोहलपुर नगरपालिका भित्र रहेका बिद्यालयहरुको कक्षा ८को नतिजा प्रकासन पछि निजी बिद्यालय र कोहलपुर नगरपालिका प्रति वक्क युद्धको दुरी बढदै गएको देख्निछ भने सस्थागत बिद्यालयहरु बीचमा पनि एक आपसमा असमझदारी भएको प्रस्ष्ट देख्न सकिन्छ । तक्षशीला एकेडेमी बाँके पनि क्रिसाबाट अलग भएको बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताएका छन , क्रिसा छोडनेहरुमा गोर्खा युनाइटेड पब्लिक स्कुल, बागेश्वरी एकेडेमी स्कुल ,निम्बल एकेडेमी, एभरेष्ट सैनिक माबि , ब्रिइज इन्टरनेशनल स्कुल , रामजानकी स्कुल लिटिल एन्जलस स्कुल, डाइनामिक माबि , हाम्रो पाठशाल, दीपज्योति माबि र शिखा एकेडेमी रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ
यता क्रिसा अध्यक्ष बिएल भारतीले भने आफुलाई राजीनामा दिएको कुनै जानकारी नभएको प्रतिक्रया दिएका छन

Nabintech