१७ बैशाख २०८१, सोमबार
एक वर्षमा दस प्रतिशतले इन्धनको मूल्य बढ्यो

  • टाइम्स संवाददाता

  • २७ चैत्र २०८०, मंगलवार ०७:२१

काठमाडौँ :  एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा  चालु आवको फागुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ९.४ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८३.९५ अमेरिकी डलरमा पुगेको छ । गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ७६.७७ अमेरिकी डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव स्वतः स्थानीय बजारमा पर्ने गर्छ । नेपालमा इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यका आधारमा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य निर्धारण गर्ने गर्छ । निगमले आइओसीबाट पेट्रोलियम पदार्थ खरिद गरी नेपालमा ल्याएर वितरण गर्ने गर्छ

Nabintech