१८ बैशाख २०८१, मंगलवार
बिचौलियाको चलखेल , शैक्षिक हब सपना मात्रै

  • टाइम्स संवाददाता

  • २७ चैत्र २०८०, मंगलवार १०:०९

कोहलपुर  :  कोहलपुर नगरपालिकाले सन्चालन गरेको कक्षा ८को बार्षिक परिक्षाको नतिजा प्रकाशनमा गम्भीर प्रकृतिको मिलोमतो भएको भन्दै कोहलपुरका अधिकास अभिभाबकहरु र शिक्षा प्रेमीहरुले आक्रोस ब्यक्त गर्दै आएका छन ।
यस अघि नै अनेरास्वीयु बाँकेकले कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाललाई भेटर ज्ञापन पत्र बुझाइ सकेको छ । कोहलपुर नगरपालिका नगर शिक्षा प्रमुख राम बहादुर हामल सग प्रतिक्रिया लिदा जो दोषी छ उ कारवाहीको भागेदार हुने आफु यस्ता क्रियाकलापमा कुनै संग्लनता नभएको प्रतिक्रिया दिएका थिए ।पछिल्लो समय कोहलपुरलाई शैक्षिक हब होइन बिचौलियाहरुको हब बनाउदै शिक्षालाई राजनैतिकरण गर्दै आर्थिक प्रलोभनको खेती मौलाएको अनेरास्वीयुका सुमन घिमिरेले कोहलपुर टाइम्सलाई प्रतिक्रिया दिएका छन ।
कोहलपुर क्षेत्रमा लामो समय सम्म झोलामा रहेका बिद्यालयहरुलाई शिक्षा ए्ेन बिपरित ब्युझाएर अनुमति दिएकोमा कोहलपुर क्षेत्रका सबै सस्थागत बिद्यालयहरुले बिरोध जनाउदै नगरपालिकाका पछिल्ला गतिबिधी प्रति आपति जनाउदै आएका छन । यसै बिषयमा केन्द्रित रहेर प्यासन बाँके अध्यक्ष यम बहादुर रावत संग प्रतिक्रिया यस्तो छ “ जिम्मेबार निकायहरुका आफना स्वार्थ होला तर १४ बर्ष मुनिका बालबालिको भबिष्यमा खेलवाड गर्ने जुन प्रकारका गतिबिधी भए त्यस्ता गतिबिधीहरुले कोहलपुरलाई शैक्षिक हब बनाउने सपना अब सपनामा मात्रै सिमी हुने पक्का रहेको बताए थिए ” । कोहलपुर क्षेत्रमा रहेका आफुहरुलाई शैक्षिक अभियान्ता बताउनेहरुले समेत सिमीत ब्यक्तिको लागी काम गर्ने गरेको अभिभाबकहरुले समेत आरोप लगाएका छन । एक अर्को प्रसंगमा सुधार भनेको बटम देखि टप सम्मको निती हुन्छ , बिश्वमै कहि नभएको निती यो पालिकामा देख्न पाइयो परिक्षा गर्ने बेला सिसि क्यामराको निगरानीमा होइन , पढाउने बेलामा शैक्षिक गुणस्तरमा ध्यान दिन अभिभाबक हरुले बताएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत राखेर छानबिन समिती बनाउनु पर्ने माग सहित नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नम प्रसाद शर्माले जारी गरेको बिज्ञप्तीमा उल्ल्ख गरिएको छ ।
बिद्यालय स्तान्तरणमा ठुलो रकम चलखेल भएको एन प्याब्सन ,.प्याबसन र बिद्यालय सन्चालकहरुले बताएका छन यसका प्रमाणहरु  सुरक्षित भएको समेत प्रतिक्रिया दिएका छन ।

Nabintech